स्वाभिमान लघुवित्तको वित्तीय विवरण सार्वजनिक

डेटूडे खबर डेस्क
१८ श्रावण २०७९
जनकपुरधाम । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ०.६९% ले बढेर ५ करोड २७ लाख १० हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ५ करोड २३ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी १४.६८% ले बढेर १२ करोड ९४ लाख ४७ हजार रूपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १६९.४६% ले घटेर ६ करोड ६८ लाख १८ हजार रूपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी ३२.३०% ले बढेको छ भने जगेडा कोष ३१.९५% ले बढेको छ । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार रुपैयाँ र जगेडा कोषमा ८ करोड १८ लाख ७७ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ २३ पैसा रहेको छ ।