सिटी सफारीमा भेटियो ६१ केजी गाँजा

डेटूडे खबर डेस्क
१८ श्रावण २०७९
मोरङको विराटनगर महानगरपालिका १४ स्थित भित्री सडक खण्डबाट सिटी सफारीमा लोड गरि लैजादै गरेको अवस्थामा ६१ केजी गाँजा फेला परेको छ ।
आज दिउसो ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ को२ह ४६१० नम्बरको सिटी र बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा छोडी सिटी चालक फरार भएका छन् ।
फरार रहेका सिटी चालकको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
प्रहरीले गाँजा र सिटी सफारीलाई नियन्त्रणमा लिएको छ ।