शहिदनगरको एक होटलमा नाबालिगसँग बलात्कार

  डेटूडे खबर डेस्क
  २० श्रावण २०७९

                            

जनकपुरधाम । धनुषा जिल्लाको शहिदनगर नगरपालिकास्थित एक नाबालिगसँग एक होटलमा बलात्कार भएको भन्दै परिवारजनले प्रहरीमा उजुरी लिएर पुगेका छन् ।

शहिदनगर नगरपालिका वडा नम्ब ३ नेपाल विद्युत प्राधीकरणको गेट अगाडी रहेको होटल रोयल एण्ड फैमिली रेस्टुरेन्टमा विहिबार राती एक नाबालिगसँग बलात्कार भएको भन्दै नाबालिकको परिवारजन प्रहरीमा उजुरी दिन पुगेका हुन् ।

गएराती करिब १ बजेको समयमा नाबालिकलाई घरबाट उठाएर होटलमा लगी बलात्कार गरेको परिवारजनलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय यदुकूहाले उजुरी दिन परिवारजन आएको जनाएको छ ।

एक १४ बर्षिय नाबालिकसँग २२ बर्षिय युवकले सो होटलमा लगेर बलात्कार गरेको आरोप छ । यदुकूहा–बीरेन्द्रबजार जाने सडकखण्डमा रहेको होटल रोयल एण्ड फैमिली रेष्टुरेन्ट बेलुकी ९ बजे बन्द हुने गरेकोमा राती सो होटलमा करिब १ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी ईन्सपेक्टर हरिविष्णु ढकालका अनुसार, बालिका पक्षले उजुरी लिएर ईलाका प्रहरीमा आएपछि घटनास्थलको मुचुल्का गरेको बताए । उनले कागज मिलान कार्य जारी रहेको बताउँदै पीडित भनिएकी नाबालिकको स्वास्थ्य परीक्षणको लागि जनकपुरधाम पठाउने तयारी गरेको बताए ।

त्यहाँस्थित रहेको सो होटेलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । यद्यपी, प्रहरी पुग्दा सो सिसिटिभी क्यामेरा बिग्रेर राखिएको भनेर होटल सँचालक सरोज पूर्वेले प्रहरीलाई प्रतिक्रिया दिएका छन् ।

यस घटनाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट