भूमिहीन सुकुम्बासीहरुद्वारा सडकमै चुरा र साडी फ्यालेर बिरोध प्रदर्शन

  डेटूडे खबर डेस्क
  २० श्रावण २०७९

                            

जनकपुरधाम । जनकपुरधामको जनकचोकमा १७ दिनदेखि रिले अनसन गर्दै आएका सुकुम्बासी आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथ अन्य मन्त्रीहरुलाई शुक्रबार साडी, चुरा र लहठी दिने भन्दै मुख्यमन्त्री कार्यालयसम्म पुगेका सुकुम्बासीहरुलाई सुरक्षाकर्मीले रोकेपछि उनीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोट लगायतका महिलाले लगाउने सामग्रीहरु फ्यालेर विरोध प्रदर्शन गरेका छन् ।

सिरहाको मिर्चैयामा रहेको मारुती सिमेन्टले लिएको वनक्षेत्रको जग्गा फिर्ता हुनुपर्ने, सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउने पर्ने लगायतका विभिन्न तिन बुंदे माग राख्दै चुरे तथा वनजंगल संरक्षण अभियानले आन्दोलन गर्दै आएको छ ।

पछिलो समय आमरण अनसनमा बस्दा मधेश प्रदेश सरकारसँग भएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न ढिलाई गरेको भन्दै उनिहरुले पुनः आन्दोलन थालेका हुन ।

आईतबार सुकुम्बासीहरुले आआफ्नो घरको बच्चाहरुलाई मधेश प्रदेश सरकारको कार्यालय अगाडि राखेर बच्चा आन्दोलन गर्ने चेतावनी दिएका छन । त्यस पछि पनि यदि सरकारको तर्फबाट कुनै प्रतिकृया नआए मधेश आन्दोलन भन्दा पनि ठुलो आन्दोलन गर्ने र सरकारले सोच्न नसक्ने हदसम्मको छति हुनसक्ने चुते तथा वन संरक्षण अभियानका संयोजक सुनिल यादवले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट