अभियान लघुवित्तको आइपीओमा आवेदन दिने अन्तिम दिन कहिले ?

  डेटूडे खबर डेस्क
  २१ श्रावण २०७९

                            

जनकपुरधाम । साउन १८ गते बुधबारदेखि अभियान लघुवित्तको सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ | सर्वसाधारणले यसमा साउन १८ गते बुधबारदेखि साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् | यदी साउन २२ गतेसम्म सबै सेयर बिक्री नभएमा भदौ १ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो | यसले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ निस्कासन गरेको हो |

कुल ९ लाख ७५ हजार कित्ता मध्ये ५% अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष, ०.५% अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ र बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट