नेपाल–भारत सम्बन्धको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

डेटूडे खबर डेस्क
२१ श्रावण २०७९
जनकपुरधाम । बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धको विषयमा जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम सम्मपन्न भएको छ । नेपाल भारत खुला सिमा सम्वाद समूह केन्द्रिय समितिको आयोजनामा जनकपुरधाममा आयोजित छलफलमा वक्ताहरुले विगतमा भएका सन्धी पश्चात नेपाल भारतको सम्बन्ध कमजोर हुदै गएको बताए ।
कार्यक्रममा नेपाल भारतका जानकार कुशेश्वर झाले राजा महेन्द्रको पाला देखी नेपालमा भारत विरोधी गतिविधी सुरु हुन थालेको बताए । जनकपुरधामको प्रमुखमा उम्मेदवार बनेकी तमलोपा नेतृ विभा ठाकुरले आफु २०४४ सालमा विवाह गरेर नेपाल आएको बेला नागरिकता लिन कुनै पनि अप्ठयारो नरहेको बताउँदै अहिले हुन थालेको जालझेल प्रति आपती जनाएको थिइन् ।
उनले भारतबाट विवाह गरेर नेपालकी बुहारी भएकी महिला माथी बिश्वास नभएको खण्डमा सबैलाई र्फिता पठाईदिनु पर्ने सम्मको अभिव्यक्ति दिइन । कार्यक्रममा नेपाल भारत खुला सिमा सम्वाद समूहका केन्द्रिय अध्यक्ष राजिव झाले खुला सिमाका आयाम, समस्या, आर्थिक पक्ष, असर र मांगहरु समेटेर सम्बन्ध सुधारका लागि एक कार्यपत्र प्रस्तुत गरेका थिए ।
झाले यस अघि नेपालमा भारत मात्रको चासो रहेकाले दुई देशको सम्बन्ध प्रगाढ रहेको भएपनि चीन सहितका देशहरु नेपालमा हस्तक्षेप गरेर दुई देशको सम्बन्ध बिगार्न थालेको बताएका छन् । चिनको चासो बढेपछि अन्य देशको समेत हस्तक्षेप भई मुख्य असर नेपाल भारतको पौराणिक र नातेदारीको सम्बन्धमा पनि प्रभाव परेको उनको आरोप छ ।
उक्त कार्यक्रममा नेता जानकी राम साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, जिसस धनुषाका प्रमुख, जनकपुरधाम उमनपा वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र कुमार साह, कमला बचाउ अभियानका प्रमुख सहित भारत सितामढीमा गठन भएको नेपाल भारत खुला सिमा सम्वाद समूहका अध्यक्ष रोहित झा सहितको सहभागिता रहेको थियो ।