जलेश्वर नगरपालिका पूर्ण खोप घोषणा

डेटूडे खबर डेस्क
२४ श्रावण २०७९
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकालाई पूर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ ।
नगर खोप समन्वय समिती जलेश्वर नगरपालिका जलेश्वर महोत्तरीले आयोजना गरेको एक कार्यक्रममा नगरप्रमुख सुरेश साह सोनारले जलेश्वर नगरलाई पूर्ण खोपको सुनिशिचतता र दिगोपना घोषणा गरिएको हो ।
सो कार्यक्रमको सम्बोधन गर्नुहुदै नगरप्रमुख सोनारले जलेश्वर नगरक्षेत्र भित्र जन्म लिने तथा जन्मेका प्रत्येक बालबालिकाले आवश्यक सम्पूणर् खोपहरु पाउने तथा पाइरहेको बताउनुभयो । त्यस्तै महिलाहरुका लागि पनि आवश्यक सबै खोप उपलब्ध रहेकोले जलेश्वर पूर्ण खोप घोषणा गरिएको बताउनुभयो ।
उहाँले जलेश्वर नगरभित्रका स्वास्थ्य संस्थाहरुमा २४ सौं घण्टा प्रत्येक खोपको व्यवास्था रहेको तथा अब खोपकै अभावका यहाँका कुनै पनि बालबालिका तथा महिलाहरु कुनै पनि रोगको शिकार नहुने बताउनुभयो ।
उहाँले जलेश्वर नगरपालिकालाई पूणर् खोपको सुनिश्चितता र दिगोपना घोषणा गराउनमा यस नगरभित्रका स्वास्थ्य संस्थाहरुमा काम गर्नुहुने सम्पूणर् स्वास्थ्यकर्मीहरुले महत्वपूणर् भूमिका खेल्नुभएको बताउनुहँुदै स्वास्थ्यकर्मीहरुको प्रशंसा गर्नुभएको थियो ।
त्यस्तै जलेश्वरमा कार्यरत प्रत्येक स्वास्थ्यकर्मी, महिला स्वयंसेविका सहित सम्पूणर् स्वास्थ्य समूहलाई नगरप्रमुख सोनारले प्रमाण पत्र प्रदान गर्दै र गम्छा ओढाएर सम्मान समेत गर्नुभएको थियो ।