बर्दिबासमा हरिणको आक्रमणबाट १ को मृत्यु

  डेटूडे खबर डेस्क
  २४ श्रावण २०७९

                            

बर्दिबास । महोत्तरीको बर्दिबासमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणट बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको प्रहरी जनाएको छ ।

सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट