नेपाल टेलिकमको २०% बोनस सेयर नेप्सेमा सुचिकृत

डेटूडे खबर डेस्क
२४ श्रावण २०७९
जनकपुरधाम । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २०% ले हुन आउने ३ करोड कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । नेप्सेमा सुचिकृत भएसँगै अब कम्पनीले हितग्राहीको डिम्याट खातामा सेयर पठाउनेछ । लगानिकर्ताले सो बोनस सेयर डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिदबिक्री गर्न पाउनेछन्।
कम्पनीको गत वर्ष चैत्र २४ गते बसेको १४ औं साधारण सभाले २०% बोनस सेयर र कार प्रयोजनका लागि २०% नगद वितरण गर्ने प्रस्ताव पारित गरेको थियो |