सरकारी कर्मचारीको तलबमा बिभेद गर्नु गलत : सांसद त्रिपाठी
.jpg)
डेटूडे खबर डेस्क
२४ श्रावण २०७९
जनकपुरधाम । सांसद हृदयेश त्रिपाठीले सरकारी कर्मचारीको तलबमा बिभेद गर्नु गलत भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उहाले राजपत्र अनङ्कित कर्मचारी १५ प्रतिशत र राजपत्र अङ्कित कर्मचारीका लागि २४ देखि २६ प्रतिशत तलब वृद्धि गरेर सरकारले बिभेद गरेको बताउनुभएको हो । आफुहरुलाइ बिभेद गरेको भन्दै आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधन गर्नुपर्नेमा उहाले जोड दिनुभयो । सांसद त्रिपाठीले संविधान जारी भएपछि सबैभन्दा पहिला निजामती ऐन जारी हुनुपर्ने बताउँदै समयमै ऐन जारी नभएका कारण पनि निजामती सेवामा केही समस्या हुने गरेको उहाँले बताउनुभयो ।
त्यस्तै सांसद निरादेवी जैरुले उहाँले दलित समुदायका व्यक्तिलाई हेपेर नाम राखेर नागरिकता दिने गरिएको भन्दै नागरिकता वितरण गर्ने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुुपर्ने माग गर्नुभयो ।