अभियान लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न, यसरि हेर्नुहोस् रिजल्ट

  डेटूडे खबर डेस्क
  ३० श्रावण २०७९

                            

जनकपुरधाम । साउन १८ गतेदेखि जारी भएको अभियान लघुवित्तको आइपीओको बाँडफाँट आज सोमबार  सम्पन्न भएको छ | बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बाँडफाँट सम्पन्न भएको हो |

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले प्रकाशित गरेको अन्तिम अपडेट अनुसार २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बरारको २ करोड ३१ लाख १६ हजार ९० कित्ताको लागि आवेदन परेको थियो ।

२० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार ९० कित्ताको आवेदन दिएका थिए । आवेदनको संख्या २५.२९ गुणाले बढि रहेको थियो । यस आइपीओ ९१ हजार ३७५ जना भाग्यमानीले मात्र हात पारेका छन् भने बाँकी १९ लाख ५१ हजार ६४५ जनाको हात खाली रहेको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो | यसले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ निस्कासन गरेको हो |

कुल ९ लाख ७५ हजार कित्ता मध्ये ५% अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष, ०.५% अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो र बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, अभियान लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट