प्रहरी समायोजनको माग गर्दै दोस्रो दिन पनि प्रदेश प्रमुखको कार्यालय अगाडि मधेश सरकारको धर्ना

डेटूडे खबर डेस्क
३० श्रावण २०७९
जनकपुरधाम । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै आन्दाेलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरुले साेमबार पनि धर्नालाई निरन्तरता दिएका छन्।
साेमबारकाे धर्नामा अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, जसपाका सचेतक शैलेन्द्र यादव, पूर्व राज्यमन्त्री सुरेश मन्डलसहितकाले सहभागिता जनाएका छन् ।
उनीहरू प्रदेश प्रमुखको कार्यालय अगाडि टेन्ट टाँगेर धर्ना दिइरहेका छन ।
प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । यो आन्दोलन अन्तर्गत आइतबारदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने कार्यक्रम तय गरिएको छन् ।