वाणिज्य बैंकहरुबीच भदौमा साधारण र मुद्दति निक्षेप ब्याजदर नबढाउने सहमति

  डेटूडे खबर डेस्क
  ३० श्रावण २०७९

                            

जनकपुरधाम । वाणिज्य बैंकहरुले भदौ महिनाको लागि साधारण र मुद्दति निक्षेपमा ब्याजदर नबढाउने निर्णय गरेका छन् । नेपाल बैंकर्स संघले ब्याजदर बढाउन आवश्यक नरहेको भन्दै भदौ महिनामा पनि ब्याजदर नबढाउने घोषणा गरेको हो । फागुन महिनाको लागि ब्याज बढाएका बैंकहरुले त्यसयता ब्याजदर स्थिर राखेका छन् । साथै, भदौ महिनाका लागि संस्थागत मुद्दति निक्षेपतर्फ भने १% ले ब्याजदर घटाउने बैंकर्स संघले निर्णय गरेको छ |

सो निर्णयसँगै वाणिज्य बैंकहरुको भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३% र संस्थागतमा अधिकतम ९.०३% ब्याज कायम हुने भएको छ । त्यस्तै, रेमिट्यान्समा १२.०३ प्रतिशत ब्याजदर रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपका लागि ब्याजदर निर्धारण गर्दा सम्बन्धित वर्गका वित्तीय संस्थाको औसत ब्याजदरको १० प्रतिशतसम्म ब्याज बढाउन सक्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट