जनकपुरधाममा टीनएजर चेस बेटल चैम्पियनशिप सम्पन्न: प्रथम स्थानमा ओम RCS स्कूल
डेटूडे खबर डेस्क
३० श्रावण २०७९
जनकपुरधाम । जनकपुरधाममा नव आस्था फाउन्डेसन नेपालद्वारा आयोजित टीनएजर चेस बेटल चैम्पियनशिपमा एडीओभ कन्स्ट्रक्सन एण्ड कन्सनटेनसी र रोबाेटीच नेपालको संयुक्तमा सम्पन्न गरिएको छ । तीन टीनएजेर चेस बेटल चम्पियनशिपमा जनकपुरका विभिन्न स्कूल हिमाली इंग्लिश बोर्डिङ्ग स्कूल, प्रकोलीको दामोदर एकेडेमी, होली क्रस हाई स्कूल, ओम् RCS स्कूल, एरे इन्टरनेशनल स्कूल सहभागि भएका थिए ।
यस टीनएजेर चेस बेटल चम्पियनशिपमा प्रतेक स्कूल बाट चार जनाविद्यार्थीलाई सहभागी गराई प्रतिस्पर्धा गरिएको छ । यस टीनएजेर चेस बेटल चम्पियनशिपमा कार्यक्रमका जज वीरचन्द्र क्रान्ति रहेका छन् ।
चेस बेटल चम्पियनशिपमा पहिलो पुरस्कार ओम् RCS स्कूलका आयुष राज दुलक र दोस्रो पुरस्कार होली क्रस हाई स्कूलका जीत नारायण शाहले पाएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य माननीय परमेश्वर साहले सरकारी स्तरबाटै आयोजना हुनुपर्ने चेस बेटल चम्पियनशिपमा यस्ता प्रतियोगिता निजी संस्थाले गरेकोमा धन्यबाद दिए ।
कार्यक्रमलाई सम्बोधन मानव अधिकारका मनमाया राणा मगरले भने चेस प्रगियोगिताका लागि जनकपुरधाममा पनि प्रायोजनसहितको प्रतियोगिता हुनु आफैंमा गौरवपूर्ण कुरा भएको भन्दै भविष्यमा नेपाली चेसको विकासका लागि यसले थप सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
चेस बेटल चम्पियनशिपमाका आयोजक तथा नव आस्था फाउन्डेसन नेपालका अध्यक्ष अमर साहले भने हाम्रो एउटा प्रयास हो कि हाम्रो जनकपुरधाममा भएका सम्पूर्ण स्कूलहरुका विद्यार्थीहरुलाई चेस खेल बारे उत्सुकता होस अनि यस चेस खेलको फाइदा जान्नु आवश्यक छ, चेस खेल खेल्दा यस्ता धेरै नै फाइदा हुन्छ जस्तो कन्फिडेन्स लेभल चेसले बढाउँछ, आफूमा भएकाे क्रिएटिभिटी बढाउछ, चेस भनेको एउटा एजुकेसनल टुल्स हो जसले, चेस हामीलाई दैनिक जिवनमा फोकस गर्न सिकाउँछ,यस्ता धेरै नै स्कीलहरु चेसले हामीलाई सिकाउँछ बताए ।
यस चेस बेटल चम्पियनशिप प्रतियोगितामा प्रमुख अतिथिमा प्रदेश सभा सदस्य माननीय परमेश्वर साह, बिशेष अतिथिमा मनमाया राणा मगर, अतिथिमा प्रोफेसर एण्ड लक्चर अशोक साह, दिनेश चन्द्र गुप्त, दिलीप साह लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थिए ।