होटलमा १ महिला र पुरुष मृत फेला

  डेटूडे खबर डेस्क
  ३१ श्रावण २०७९

                            

बुटवल । बुटवलको स्याङजा कारीकोटे होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् ।

धादिङको कुम्पुर घर भएका अन्दाजी ३६ वर्षका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् ।

कारीकोटे होटलको कोठा नं.१३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा युवती पलङ्गमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए ।

उनीहरु को हुन्, बुटवलमा किन आए उनीहरुको सम्बन्ध के थियो भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट