नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने गठबन्धनको निर्णय

  डेटूडे खबर डेस्क
  ३१ श्रावण २०७९

                            

काठमाडौं । सरकारले नागरिकता विधेयकलाई जस्ताको तस्तै फेरि संसदमा पेश गर्ने भएको छ।

आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक पुनः संसदमा पेश गरी प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पठाउने सहमति भएको  सत्ता गठबन्धनमा सहभागी एक नेताले बताए ।

पुनः संसद्मा पेश गरिने विधेयकमा कुनै हेरफेर नगर्ने सहमित पनि गठबन्धनमा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार नागरिकता विधेयक पुनः संसदमै फिर्ता पठाएकी थिइन्। १५ बुँदे राय सहित राष्ट्रपतिले विधेयकमा संसोधन आवश्यक रहेको बताएकि थिइन् । तर अब फेरि संसद्ले विधेयक पास गरेर पठाएमा अनिवार्य प्रमाणिकरण गर्नुपर्ने संबैधानिक प्रवधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट