प्रहरी समायोजन गर्ने प्रधानमन्त्रीको आश्वासनपछि मधेस प्रदेश सरकारको आन्दोलन स्थगितको

डेटूडे खबर डेस्क
३१ श्रावण २०७९
जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार प्रदेश सरकारले आन्दोलन रोकेको हो ।
मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गरे । मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतलाई भेटेका थिए ।महानिरीक्षक सिंह प्रदेशस्तरीय अपराधन अनुसन्धान समीक्षा गोष्ठीमा सहभागी हुन जनकपुर आएका हुन् । उक्त कार्यक्रममा मधेसका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह सहभागी भएका थिए ।प्रदेश प्रमुखको कार्यालय अगाडि मधेस सरकारले तीन दिनदेखि धर्ना दिँदै आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावछि अर्को गठबन्धनको सरकारले प्रहरी समायोजन गर्ने मौखिक आश्वासनको आधारमा प्रदेश सरकारले आन्दोलन फिर्ता लिएको हो । चुनावपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ भन्ने प्रधानमन्त्री देउवाले मौखिक आश्वासन दिएकाले आन्दोलन स्थगित गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए ।प्रदेश प्रमुख हरिशंकर मिश्रले चुनावपछि प्रहरी समायोजन गर्ने सरकारले आफूकहाँ प्रतिबद्धता गरेको धर्नास्थलमा भएको पत्रकार सम्मेलनमा जानकारी दिए । प्रदेश गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको नेतृत्वमा आन्दोलन सुरु गरिएको थियो ।