मधेश प्रदेशको राजविराजमा यातायात कार्यालयको शुभारम्भ
डेटूडे खबर डेस्क
३१ श्रावण २०७९
जनकपुरधाम । मधेश प्रदेश सरकारको २०७८ फाल्गुन २४ गतेको निर्णयानुसार स्थापित सप्तरी जिल्लाको राजविराजमा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत मधेश प्रदेशको सातौ यातायात कार्यालयको रुपमा यातायात व्यवस्था सेवा कार्यालय राजविराजको स्थापना हुनुको साथै आज एक कार्यक्रमका बिच कार्यालयको उद्घाटन भएको छ ।
यातायात कार्यालयका निमित्त कार्यालय प्रमुख शशि प्रसाद यादवका अनुसार हाललाई सवारी दर्ता/नविकरण, बाटो ईजाजत पत्र दर्ता, प्रदुषण जाँच पास, कारखाना वर्कशप दर्ता/नविकरण, पटके सेवा, सवारी चालक अनुमति पत्र नविकरण ईत्यादि जस्ता कार्यहरु केवल नयाँ सवारी चालक अनुमति पत्र बाहेकका सेवाहरु प्रदान गर्ने कार्यक्रममा भन्नुभएको थियो ।
आजैको दिनबाट सेवा प्रवाह गरेका यातायात व्यवस्था सेवा कार्यालय राजविराजले ५ जना सेवाग्राहीहरुको ब्लुबुल नविकरण गरी सेवाग्राहीलाई मायाको चिनो समेत कार्यालयले प्रदान गरेका थिए ।
उद्घाटन कार्यक्रमका अध्यक्षता भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दीपक कुमार दासले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री राम सरोज यादव एवं विशिष्ट अतिथि अर्थ मन्त्रालय मधेश प्रदेशका मन्त्री शैलेन्द्र प्रसाद साह रहनु भएका थिए ।
कार्यक्रममा विभिन्न वक्ताहरुले आ-आफ्नो मन्तव्य राख्ने क्रममा सरल, सुलभ र सहज रुपमा सेवा प्रदान गर्न सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीले मन्तव्यमा भन्नुभएका थिए भने राजविराज नगरपालिकाका प्रमुख एवं सगरमाथा ट्रक व्यावासायी संघ संघका अध्यक्षले यातायात व्यवस्था कार्यालयको भवन निर्माणको लागि २ कठ्ठा जग्गा उपलब्ध गराईदिने कार्यक्रममै उद्घोष गर्नुभएको थियो भने अर्थ मन्त्रालयका मन्त्री एवं भौतिक मन्त्रालयका मन्त्रीलाई भवन निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिदिन समेत आग्रह गर्नुभएको थियो ।
त्यसतै अर्थ मन्त्री साहले आफ्नो मन्तव्यको क्रममा कार्यालयको लागि जग्जा हस्तान्तरण भए पश्चात २० दिन भित्रै भवनको लागि आवश्यक बजेटको लागि पहल गर्ने उदघोष गर्नुभएको थियो भने भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री यादवका अनुसार राजविराजमा यातायात कार्यालय ढिलै भए पनि दुरुस्त आयो भनेर भन्नु भएका थिए भने यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमति पत्र कार्यविधि निर्देशिका २०७७ बमोजिम नयाँ प्रयोगात्मक परीक्षा यहि भाद्र ५ गते भित्र मधेश प्रदेशका बर्दिबास यातायात कार्यालयबाट सूचारु हुने र अन्य यातायात कार्यालयहरुबाट भाद्र मसान्त भित्र उक्त कार्यविधिका अनुसार परीक्षा सूचारु हुने जसले गर्दा परीक्षार्थिहरु पहिलाका प्रयोगात्मक परीक्षा भन्दा सहज हुने बताउँनु भएका थिए ।
त्यसतै भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दासका अनुसार सबै तिरबाट एकै पटक हिट भएकोले गर्दा यातायात व्यवस्था सेवा कार्यालय राजविराजको स्थापना एवं आज उद्घाटन भएको हो भने मधेश प्रदेशको एक मात्र राजश्वको केन्द्र यातायात व्यवस्था कार्यालय रहेकोले गर्दा यातायात कार्यालयलाई व्यवस्थित गर्न आफु तत्पर रहेको र सबैले यसमा आ-आफ्नो तर्फबाट सहयोग गर्न तथा मधेश प्रदेशको यातायात व्यवस्था कार्यालयहरुलाई एकरुपता कायम गर्न चाहिने मापदण्ड तयार गरिने भन्नुभएको थियो ।
कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समवन्य समिति सप्तरीका उपप्रमुख शम्भु कुमार यादव, सप्तरी उद्योग वाणिज्य संघ राजविराजका अध्यक्ष लालु प्रसाद अग्रवाल, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान, राजविराज नगरपालिका वडा नम्बर ९ का अध्यक्ष जवाहर यादव, सगरमाथा ट्रक व्यावासायी संघ सप्तरीका अध्यक्ष जगदीश अर्याल लगायतकाले यातायात कार्यालयको सफलताको शुभकामना व्यक्त गर्नुभएको थयो ।