जीप दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गयाे

डेटूडे खबर डेस्क
०१ भदौ २०७९
दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका ६ उल्लानीमा दुर्घटना भएको हो । मृतकमध्ये चार जना पुरुष र एक जना महिला रहेका छन् । उनीहरूको परिचय खुलेको छैन । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको शैल्य शिखर नगरपालिकाका मेयर विजयसिंह धामीले उज्यालोलाई जानकारी दिनुभयो ।
जीप सडकबाट धेरै तल खसेको र कति जना मान्छे चढेका थिए भन्ने थाहा हुन नसकेको मेयर सिंहले बताउनुभयो । गम्भीर घाइते भेटिएमा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको पनि उहाँले बताउनुभयो ।