इङ्ग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              ०४ भदौ २०७९  
  
                        
                            जनकपुरधाम । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछ । आजको पहिलो खेलमा बेलुका सवा ५ बजे टाेटनह्याम र उल्भ्स खेल्दैछन् ।
टाेटनह्यामले २ खेलमा ४ अङ्क जोडेको छ । उल्भ्सको २ खेलमा १ अङ्क छ ।
अर्को खेलमा बेलुका सवा पाैने ८ बजे लेस्टर सिटी र साउथह्याम्पटन, क्रिस्टल प्यालेस र एस्टन भिल्ला, नटिङह्याम फरेस्ट र एभर्टन तथा फुलह्याम र ब्रेन्टफोर्ड खेल्दैछन् । त्यस्तै आज राति सवा १० बजे आर्सनल र बर्नमाउथबीच खेल हुनेछ ।
अङ्कतालिकामा २ खेलमा ६ अङ्क जोडेको आर्सनल दोस्रो र समान खेलमा ६ अङ्क नै रहेको म्यानचेस्टर सिटी गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।
                        
                     
                    
                  
                            