२९९ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ०४ भदौ २०७९

                            

जनकपुरधाम । गत २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४३३७ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट