राजकीय सम्मानका साथ प्रदीप गिरिकोअन्त्येष्टि

  डेटूडे खबर डेस्क
  ०५ भदौ २०७९

                            

राजकीय सम्मानका साथ नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरिको पार्थिव शरीर पशुपतिनाथमा रहेकाे आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवम् श्रद्धाञ्जली अर्पण गर्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यस अवसरमा नेपाल प्रहरीको एक टुकडीले स्व. गिरिप्रति सलामी अर्पण गर्‍याे । स्व. गिरीलाई उहाँका छोरा सन्तोषले दागबत्ती दिनुभयो ।

गिरिको अन्त्येष्टिमा नेपाली कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, मन्त्रीगण, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छु र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो । स्व. गिरिका श्रीमती र एक छोरा हुनुहुन्छ ।

ललितपुरमा रहेकाे मेडिसिटी अस्पतालमा उपचारार्थ रहनुभएका सांसद गिरिको हिजाे शनिवार राति निधन भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट