महाप्रसाद अधिकारीको मुद्दामा अब दशैँपछि मात्रै सुनुवाई

  डेटूडे खबर डेस्क
  ०६ भदौ २०७९

                            

जनकपुरधाम । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा अब दशैँपछि मात्रै सुनुवाई हुने भएको छ | दशैँपछि असोज २७ गतेको पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ |

अदालतले यस मुद्दाको अन्तिम किनारा नलाग्दासम्म गभर्नरमाथि जाँचबुझ गर्ने निर्णय कार्यान्वयन नगर्नु नगराउन, पदीय जिम्मेवारी गर्नमा कुनै बाधा नपुर्याउन अदालतले आदेश दिएको थियो ।

सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै गभर्नर अधिकारीले बैशाख ५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट