गाईसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गयाे

  डेटूडे खबर डेस्क
  ०७ भदौ २०७९

                            

कैलाली । कैलालीमा छाडा गाईसँग ठोक्किएर दुर्घटना हुँदा गए राति मोटरसाइकल चालकको ज्यान गएकाे छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

ज्यान गुमाउनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश-०१-०११ प ३८१६ नम्बरकाे मोटरसाइकलले छाडा गाईलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा ज्यान गएकाे हाे । 

मोटरसाइकलमा रहेकी शर्मीलाको त्यही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट