खप्तड लघुवित्तको आइपीओ को अपडेट, हालसम्म आवेदनको संख्या ६०.१८ गुणा बढी

डेटूडे खबर डेस्क
०९ भदौ २०७९
जनकपुरधाम । सर्वसाधारणका लागि खप्तड लघुवित्त वित्तीय संस्थाको आइपीओ आज भदौ ८ गतेबाट जारी भइरहेको छ | यस कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता सेयर आइपीओ जारी गरेको हो |
जसमा (५ % ) ६ हजार ६०० कित्ता सामुहीक लगानी कोष र (०.५%) २ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताको लागि आवेदन दिन सकिनेछ ।
आजको भदौ ९ गतेको पछिल्लो अपडेट अनुसार ७४ करोड २७ लाख रुपैयाँ बराबरको ७४ लाख २७ हजार कित्ताका लागि आवेदन परिसकेको छ | यसमा मागभन्दा ६०.१८ गुणा बढी आवेदन परिसकेको छ |
भदौ ८ गतेदेखि खुल्ने यस आइपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
खप्तड लघुवित्तको आइपीओमा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ | रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस कम्पनीको आइपीओलाई ‘केयरएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।