बालेन भन्छन्- नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ

  डेटूडे खबर डेस्क
  ०९ भदौ २०७९

                            

काठमाडौं । बिहिबार काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् ।

अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’

बालेनले अब उपरान्त यस्तो गर्न नपरोस् भन्ने कामना पनि गरेका छन् । ‘अब उपरान्त यस्तो गर्न नपरोस, सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीं अनुसार बनाइ दिनु होला ।’

अल्फाबिटाका द्विराज शर्मासँग मेयर शाहको विवाद भएको थियो। सञ्चालक शर्माले अवैध भन्नुअघि भवनको नक्सा देखाउनु भनेपछि मेयर शाह ‘तपाईंको घरको नक्सा मसँग हुन्छ’ भन्दै झोक्किएका थिए।
लगत्तै उनी कार्यालय फर्किएर अल्फाबिटाको भवनको नक्सा अध्ययन गरी नक्सा डोवर लिएर पुनः अबैध संरचना भत्काएका थिए । बुधबार पनि काठमाडौं मल, आरबी कम्प्लेक्समा बनेका अबैधानिक संरचना भत्काइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट