पिपुल्स पावरको आइपीओ भदौ १२ गते बाँडफाँट हुने

डेटूडे खबर डेस्क
०९ भदौ २०७९
सर्वसाधारणका लागि पिपुल्स पावर कम्पनीले जारी गरेको आइपीओ भदौ १२ गते आइतबार बाँडफाँट हुने भएको छ | यस कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २४ लाख ६७ हजार ४०० कित्ता सेयर आइपीओ जारी गरेको हो |
आइपीओ बाँडफाँट कार्यक्रम बिक्री प्रबन्धक रहेको प्रभु क्यापिटल, कमलादी काठमाडौंमा सम्पन्न हुने भनिएको छ | यस आइपीओको प्री–अलोटमेन्ट भदौ ८ गते सम्पन्न्न भइसकेको छ |
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले प्रकाशित गरेको अन्तिम अपडेट अनुसार १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बरारको १ करोड ८२ लाख १९ हजार ७० कित्ताको लागि आवेदन परेको छ ।
१६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताको आवेदन दिएका हुन् । हाल आवेदनको संख्या ७.९३ गुणाले बढि रहेको छ । मागभन्दा बढी आवेदन परेकाले अब आइपीओ अलटमेन्ट गोलाप्रथाबाट हुने छ । यस आइपीओ २ लाख २९ हजार ४६८ भाग्यमानीले मात्र हात पार्ने छन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको हात खाली नै रहनेछ । आवेदकको संख्या बढि रहेकाले गर्दा धेरैको हात खाली हुने चलन चलिरहेको छ अहिले नेपालमा ।
जसमा (५ % ) १ लाख २३ हजार ३७० कित्ता सामुहीक लगानी कोष र (२%) ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको हो । सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि आवेदन दिएका हुन् ।
पिपुल्स पावरको आइपीओमा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ | रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस कम्पनीको आइपीओलाई ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।