एकैदिन तीन जनाको मृत्‍यु, ४४४ जना संक्रमित

  डेटूडे खबर डेस्क
  ०९ भदौ २०७९

                            

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्‍यु भएको छ भने थप ४४४ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट