जनकपुरधाममा सुकुम्बासीहरुले दिउँसै जलाए मुख्यमन्त्रीको पुत्ला, १५० जना व्यक्ति पक्राउ

डेटूडे खबर डेस्क
०९ भदौ २०७९
जनकपुरधाममा आन्दोलनरक्त सुकुम्बासीहरुले दिउँसै मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन ।चुरे तथा वनजंगल संरक्षण अभियानीले मुख्यमन्त्रीको पुत्ला जलाउँदा १५० जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो ।
बिहिबार जनकपुरधामस्थित मुख्यमन्त्री लालबाबु राउतको कार्यालय अगाडि पुत्ला दहन गर्न जाँदै गर्दा सुकुम्बासी प्रदर्शनकारीहरुलाई प्रहरी प्रसाशनले मिल्स एरियामा रोकेपछि आन्दोलनरक्त सुकुम्बासीहरुले बिच सडकमै मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन । दिउँसो करिब दुई घण्टासम्म मिल्स एरियाको स्थिती तनावग्रस्त बनेको थियो । सयौंको संख्यामा आएका सुकुम्बासीहरुले आफूहरुलाई जग्गा उपलब्ध गराउ सरकार, मुख्यमन्त्री मुर्दाबाद लगाउतका नारा लगाएका थिए ।
प्रहरीले मिल्स एरियाबाट एक दर्जन बढी प्रदर्शनकारीलाई समातेर लगेका छन । विगत लामो समयदेखि जनकपुरधाममा सुकुम्बासी तथा चुरे वन संरक्षण अभियानले विभिन्न मांग राख्दै आन्दोलन गर्दै आएको छ ।