यसकारण मेरो उम्मेद्वारी : किरण केसि

डेटूडे खबर डेस्क
१० भदौ २०७९
काठमाडौँ । बाल्यकालमा मलाइ बालाजु क्षेत्र र यसको वरिपरी निकै रमणीय लाग्थ्यो । बालाजु आफ्नो सुन्दरताको लागि प्रसिद्ध थियो । समयक्रममा म हुर्किदै गए र बालाजु पनि बिकृत हुदै गयो । बालाजु क्षेत्रको सुन्दरता हराउदै जानुले मलाइ भित्र भित्रै दुखित बनाउथ्यो ।
समाजसेवी मेरा बाबा र शिक्षिका मेरी आमा बाट मैले मेहनत , इमान्दारिता र उद्धमशिलता नै जीवनको सहि दर्शन हो भन्ने सिकिसकेको थिए । अराजकता , अविकसित र गरिवी तर्फ धकेलीइरहेको थियो भने अर्को तर्फ म युवा हुदै पनि गैरहेका थिए ।
युवा हुदै गर्दा देश बदल्नु पर्छ भन्ने अठोट पनि बलियो हुदै गैरहेको थियो । तर म तत्काल राजनीतिमा प्रभाव पार्न सक्दिनथे । मेरो बुद्धिले भ्याए सम्म विश्व र नेपालको तुलना गर्थे र हाम्रो अवस्था किन यति दरिद्र छ भनेर सोच्ने गर्थे । त्यतिबेलाको निष्कर्ष यो रह्यो कि उद्धमशिलता , इलम , नगरिकन राजनीति गर्नेहरुले राजनीतिलाई भ्रष्टीकारण गरिरहेको छ ।
केहि नगर्नेहरु राजनीतिमा भएकाहरुले राजनीतिलाई कमाउने पेशा बनाइरहेका छन । त्यसपछि म उद्धमशिलता गर्ने र पैसा कमाएर मात्रै राजनीति गर्ने दृढ अठोट लिएर पढाइ गर्नमा लागे ।
अष्ट्रेलिया जानु मेरो मेरो सहज छनोट थिएन बरु एउटा दिर्घकालिन योजना अन्तर्गत थियो । एउटा सम्पन्न मान्छेले मात्रै सम्पन्न समाजको कल्पना गर्न सक्छ भन्ने मान्यता मेरो छ । नेपालमा आहिले आएर बल्ल स्वतन्त्र अभियान चले पनि मेरो चाही दिमागमा स्वतन्त्रको योजना अपहिले नै थियो ।
म हिजोआजका केहि घटना बाट प्रभावित छैन । राजनीतिमा लागेका सबै जना वास्तवमा घिसिपिटी राजनीति बाट वाक्क छन । तर उनीहरु नयाँ सोचका लागि तयार छैनन , युवालाई स्पेस दिन तयार छैनन , पुराना संग भिजन नै छैन । मलाइ समाज बदल्नका लागि बलियो धक्का दिने बेला उचित समय यहि हो भन्ने लागेको छ ।