निहारिकालाई मधेस सरकारले पाँच लाख दिने

  डेटूडे खबर डेस्क
  १० भदौ २०७९

                            

जनकपुरधाम । मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

मधेस प्रदेश सरकारको आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

मन्त्री साहले निहारिकालाई कानुनी लडाइँका लागि मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा त्याे रकम सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले न्यायाधिवक्ता कार्यालयबाट निहारिकालाई आवश्यक सहयोगसमेत प्रदान गरिने जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट