कान्छो वडा अध्यक्ष यादव :श्राद्धको भोजमा हुने खर्चले एम्बुलेन्स किन्ने निर्णय गरे

डेटूडे खबर डेस्क
१० भदौ २०७९
सिरहा । सिरहा नगरपालिका वडा न. ६ का कान्छो वडा अध्यक्ष इन्द्रजित गोठिया (यादव)ले आफ्नो हजुरबुवा र हजुरआमा मृत्यु भोजको सट्टा एम्बुलेन्स खरिद गरि दिने निर्णय गरेको छ ।
गाउँ समाजमा मृत्युको भोजभतेर एक परम्परा नै भैसकेको समाजमा एक फरक सोच अभुरुप भोजको साटो एम्बुलेन्स खरिद गर्ने निर्णयलाई स्थानीयले सराहना गरेका छन ।
उक्त निर्णय लाई बसबिट्टा गाउँको माइन्जन जय प्रकाश गोईत लगायत सम्पुर्ण माइन्जनहरु, भरभलादमीहरु लगायत स्थानीय गाउँलेले पुर्ण समर्थन जनाएका छन ।
कान्छो वडा अध्यक्ष यादवले आफ्नो औफिसियल फेसबुकमा यस्तो लेखका छन । “आदरणीय जनसमुदाय राम्रो कुराको अनुकरण गर्नु भनेको राम्रो नै हो जस्तो लाग्छ। परिवर्तनशिल यो युगमा हामी पनि आफ्नो आफ्नो ठाँउबाट परिवर्तनको थाल्नी गरौ।
मेरो हजुरबुबा हजुरआमाको स्वर्गवास भएकोले हुनाले सामाजिक रितिरिबाज अनुसार श्रादी भोजभतेरको लागि गाउको सम्पुर्ण जातको अगुवा सज्जन माइजन भद्रभलदमिहरु सगको साझा छलफल बाट भोजभतेरको साटाे म एउटा एम्बुलेन्स खरिद गरेर दिने प्रस्ताव राखे।
सबै सज्जन भद्रभलादमि माइजनहरुको समर्थन पाए। म सामाजिक रितिरिवाजको खिलाप होइन म केही नया गरु भन्ने हिसाबले अगाडि आएको हु।
सम्पूर्ण गाउँ जनताको सहजताको लागि यस्तो निर्णय लिएको छु। आशा छ सम्पुर्ण जनसमुदायको साथ र सहयोग पाउने छु। स्वर्गवासी मेरो हजुरबुबा हजुरआमालाई बैकुण्ठमा बास होस भन्ने म भगवानसग प्रार्थना गर्दछु।