जनकपुरधामको जनकचोकमा रक्तदान कार्यक्रम सम्पन्न

  डेटूडे खबर डेस्क
  ११ भदौ २०७९

                            

जनकपुरधाम । जनकपुरधामको जनकचोकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मिथि फाउण्डेशन, मिथिला सांस्कृति समाज नेपाल र जनकपुर रेल्वे ट्रेक क्षेत्र साप्ताहिक सरसफाई अभियानी रुबी झाद्वारा रक्तदान कार्यक्रमको आयोजना भएको थियो ।

विभिन्न क्षेत्रका युवा अभियन्ता लगायत जम्मा ४५ जना व्यक्तिहरुले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा जनकपुरधाम नगरपालिकाका प्रमुख मनोज साह लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट