छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
.jpg)
डेटूडे खबर डेस्क
१३ भदौ २०७९
काठमाडौं । नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका एक शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ती शिक्षकलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वर राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।
पक्राउ पर्नेमा अंग्रेजी पढाउने शिक्षक सरोज भट्टराई छन्। प्रहरीका अनुसार उनले विद्यार्थीसँग च्याटमा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। ‘उनलाई नियन्त्रणमा लिइ बानेश्वरमा राखिएको छ,आफन्तले जाहेरी भने दिएका छैनन्,जाहेरी आएपछि थप अनुसन्धान हुन्छ,’एसपी मैनालीले भने।
कक्षा-१२ का विद्यार्थीहरूले सोमबार बिहानदेखि आरोपित शिक्षकलाई कारबाही माग गर्दै आन्दोलन गरेका छन्।