अव्यवस्थित संरचना हटाउँदा जबरजस्ती नगर्न खेलकुदमन्त्रीको ध्यानाकर्षण
डेटूडे खबर डेस्क
१३ भदौ २०७९
जनकपुरधाम । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले अव्यवस्थित संरचना हटाउँदा जबरजस्ती नगर्न ध्यानाकर्षण गराउनुभएको छ ।
काठमाडौं, नेपालगन्ज, हेटौंडा लगायतका कतिपय स्थानीय तहले अव्यवस्थित संरचना हटाउँदा जोर जबरजस्ती गरिरहेको गुनासो आएपछि मन्त्रीको भनाइ आएको हो ।
मन्त्री सस्तो लोकप्रियताका लागि जनतालाई दुःख दिनु उपयुक्त नहुने धारणा राख्नुभयो ।
देशभर अवब्यवस्थित रुपमा रहेका संरचनाको ब्यवस्थापनका लागि सरकारले प्रभावकारी निति बनाइरहेको बताउँदै मन्त्री गहतराजले हतारमा कुनै पनि निर्णय नगर्न नहुने प्रतिक्रिया दिनुभएको हो ।
मन्त्री गहतराजले वार्ता र सम्वादबाट सबै खालका समस्याहरु समाधान गर्न सकिने भन्दै सबैलाई निर्वाचनमा केन्द्रित हुन समेत आग्रह गर्नुभएको छ ।