थप दुई सय ५७ मा सङ्क्रमण

  डेटूडे खबर डेस्क
  १४ भदौ २०७९

                            

जनकपुरधाम । देशभर आज दुई सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार नौ सय २१ जनामा परीक्षणमध्ये सो सङ्ख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

आज दुई सय ३२ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ४६ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् ।

सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, बागलुङ, कालिकोट, हुम्ला, डोल्पा र मुगु रहेका छन् । होम आइसोलेशनमा दुई हजार नौ सय ९१, संस्थागत आइसोलेशनमा एक सय ५५, सघन उपचार कक्षमा ४० र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ । विगत २४ घण्टामा ५० हजार तीन सय ५५ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट