निलम्बित प्रधानन्यायाधीशसँग बयान सुरु

  डेटूडे खबर डेस्क
  १५ भदौ २०७९

                            

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा  बयानका लागि सिंहदरबारमा आइपुगेका छन् । उनीसँग समितिले वयान लिन सुरु गरेको छ । 

उक्त समितिको  यही भदौ ८ गतेको बैठकले उहाँलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार राणा आज समितिमा आएका हुन् । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । 

संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे । राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ । समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई उहाँमाथि लागेको आरोपबारे प्रश्न सोध्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट