६ तला माथिबाट खसेर दुई जना बालबालिकाकाे ज्यान गयाे

डेटूडे खबर डेस्क
१५ भदौ २०७९
काठमाण्डाै । काठमाण्डाैकाे बुद्धनगरमा रहेकाे एक निर्माणाधीन घरकाे ६ तला माथिबाट खसेर दुई जनाको ज्यान गएकाे छ ।
छतबाट खसेर भारतकाे बिहार घर भइ काठमाण्डाैकाे कागेश्वरी मनोहरा नगरपालिका ९ पेप्सीकोला बस्ने १४ वर्षीय बालक र १४ वर्षीया बालिकाकाे ज्यान गएकाे प्रहरी वृत्त बानेश्वरले जनाएकाे छ ।
छतबाट खसेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएकाेमा उपचारका क्रममा ज्यान गएकाे हाे । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएकाे छ ।