निलम्बित प्रधानन्यायाधीश राणाको दोस्रो दिनको बयान सुरु

डेटूडे खबर डेस्क
१६ भदौ २०७९
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ । बुधबारबाट सुरु भएको बयान आज दोस्रो दिन पनि जारी छ । महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो ।
बुधबार उनीमाथिका ४३ प्रश्नहरुमध्ये चार वटाको जवाफ दिएका थिए । बाँकी प्रश्नको जवाफ आज दिने छन् । उनले आफूमाथी लगाइएको महाअभियोग निष्क्रिय भइसकेको दाबी गरेका छन् भने आफैले परमादेशले बनेको सरकारले महाअभियोग लगाइएकोमा अचम्मित भएको जवाफ दिएका थिए ।