बिमा कम्पनीहरूको आइपिओ जारी गर्ने प्रक्रिया बिमा समितिले रद्द गर्‍यो

  डेटूडे खबर डेस्क
  १६ भदौ २०७९

                            

जनकपुरधाम । बिमा समितिले आइपिओ जारी गर्ने प्रक्रियामा रहेका चार कम्पनीको आइपिओ जारी गर्ने प्रक्रिया रद्द गरेको छ |

आईएमई लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीहरूलाई दिइएको अनुमति समितिले रद्द गरेको हो | सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपिओ जारी गर्ने भनेका थिए । आईएमई लाइफले भने एक सय रुपैयाँ दरमै आइपिओ निष्कासन गर्न लागेको थियो |

प्रिमियम मूल्यमा आईअिपो जारी गर्ने प्रस्ताव राखेका बिमा कम्पनीहरूको प्रक्रिया समितिले रोकेको हो | धितोपत्र बोर्डले लाइसेन्सिङ क्षेत्रमा १०० रुपैयाँमा नै आइपिओ बिक्री गर्नुपर्ने भन्दै प्रकिया रोके पछि बिमा समितिले पनि सबै कम्पनीको आइपिओ जारी गर्ने अनुमति रद्द गर्दै पत्र पठाएको हो ।

पुँजी बढाउने दबाबमा रहेका बिमा कम्पनीहरू अब पहिलो पुँजी थप गर्ने अनि मात्रै आइपिओ जारी गर्ने प्रक्रियामा लागेका छन् |

बिमा समितिले जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी ५ अर्ब पुर्‍याउनुपर्ने भन्दै निर्देशन जारिगरे पछि कम्पनीहरू पुँजी बढाउन तिर लागेका हुन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट