सर्लाहीमा ईंटाभट्टा खनेको खाल्डाेमा डुबेर एक बालकको मृत्यु

डेटूडे खबर डेस्क
१७ भदौ २०७९
सर्लाहीमा ईंटाभट्टा खनेको खाल्डाेमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
विहिबार दिउँसो हरिवन नगरपालिकाको घुर्कौली स्थित पत्थरकोटिया टोलमा मदन घिसिङ्ले सञ्चालन गर्दै आएको मिदास ईट्टाभट्टाको खाडलमा जमेको पानिमा डुबेर हरिवन ६ का रामचन्द्र महतोको १२ वर्षीय छोरा आकाश महतोको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
भैँसी चराउन जाँदा भैंसी खाल्डोमा परेपछि निकाल्न खोज्दा सोही खाल्डोमा डुबेर बालकको मृत्यु भएको बताईएको छ ।
बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पठाईएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएका छन् ।