रौतहटमा करेन्ट लागेर १ बालिकाको मृत्यु

डेटूडे खबर डेस्क
१९ भदौ २०७९
रौतहट।। रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको गरुडा नगरपालिकाको वडा नं. २ गेडीगुठीमा करेन्ट लागेर उनकाे मृत्यु भएको हो।
आईतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर स्थानीय दिनेश सहनीकी अन्दाजी १४ बर्षीय छोरी अम्बिका कुमारी सहनीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।