सानिमा माई हाइड्रोपावरको साधारण सभा मिति तय

डेटूडे खबर डेस्क
२१ भदौ २०७९
सानिमा माई हाइड्रोपावर लिमिटेडको संचालक समितिको २०७९/०५/२० गते दिउँसो ३ बजे बसेको बैठकबाट आर्थिक वर्ष २०७८/७९को वितरण योग्य सचित मुनाफा मध्येबाट कम्पनीको वितिय विवरणमा चुक्ता पुँजीको ५.२६३२ % ले हुने रु. १६,२५,९२,१५८/- बराबरको नगद लाभांश विवरण गर्ने निर्णय भएको छ |
कम्पनीले ११औं वार्षिक साधारण सभा २०७९/०७/०२ गते बुधबार गर्ने भएको छ | कम्पनीले २०७९/०६/१२ गते बुक क्लोज गर्ने भएको छ |