अभिनेता पल शाहलाई साढे २ वर्ष जेल चलान

  डेटूडे खबर डेस्क
  २१ भदौ २०७९

                            

काठमाडाैं । अभिनेता पल शाहलाई साढे २ वर्षको कैद सजाय सुनाइएको छ। जिल्ला अदालत नवलपुरले अभिनेता शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो।

 शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको छ। गत चैतमा शाहलाई नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो। उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएपनि बलात्कार मुद्दामा दोषी नदेखिएपछि सफाई पाएका हुन्।

यज्ञप्रसाद आचार्यको इजलास अनुसार शाहले पीडित बालिकालाई क्षतिपूर्तिसहित १० लाख रुपैयाँ तिर्नसमेत भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट