कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी
डेटूडे खबर डेस्क
२२ भदौ २०७९
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । यौन दुर्व्यवहार गरेको आरोपमा लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ जाहेरी परेको हो ।
१८ वर्ष भन्दा कम उमेरकि किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लामिछानेमाथि लागेको छ । भदौ ५ गते घटना भए पनि हिजो मात्र प्रहरीमा जाहेरी दिइएको हो । प्रहरीले मंगलबार नै जोहरी दिने किशोरीको मेडिकल जाँच पनि गरेको बताइएको छ। यसबारे प्रहरीले औपचारिक जानकारी भने गराइसकेको छैन ।
कप्तान लामिछाने भने केन्यासँग एकदिवसीय र टी–२० सिरिज खेलेर क्यारेबियन प्रिमियर लिग खेल्न पुगेका छन् ।