सुपर लघुवित्त समस्याग्रस्त घोषित, नक्कली ऋणी खडा गरेको पुष्टि

डेटूडे खबर डेस्क
२२ भदौ २०७९
नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड, तुलसीपुर्, दाङलाई समस्याग्रस्त घोषणा गरेको छ | कम्पनीको २०७८ असोज मसान्तको वित्तीय विवरणको आधार मानेर समष्टिगत स्थलगत निरिक्षण र त्यसपछिका विशेष निरिक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरेको पाइएको छ |
त्यस्तै, प्राथमिक पुँजी कोष अनुपात १०.३१% ले ऋणात्मक भएको कारण केन्द्रीय बैंकले उक्त संस्थालाई कारवाही गरेको हो |