थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि

  डेटूडे खबर डेस्क
  २२ भदौ २०७९

                            

नेपालमा थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ५६ पिसिआर परिक्षणका क्रममा १ सय २८ जना र १ हजार ८ सय ८० एन्टीजेन परिक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै थप ७८ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ५ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट