धनुषामा २ किशोरी मृत अवस्थामा फेला

  डेटूडे खबर डेस्क
  २२ भदौ २०७९

                            

जनकपुरधाम । धनुषामा दुई किशोरी मृत अवस्था फेला परेको छ ।

धनुषाको नगराईन नगरपालिका वडा नम्बर ६ मा पर्ने बीर्ता चौरीमा मँगलबार दिउँसो मृत अवस्थामा फेला परेको थियो । गाउँलेहरु खेत तर्फ जाँदा दुई किशोरी मृत अवस्थामा देखेपछि स्थानीय प्रहरीलाई खवर गरेको थियो । केही बेरमै घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार धनुषाको नगराईन नगरपालिका वडा नम्बर ७ देवडिहा बस्ने स्थानीय दशरथ महराकी १८ बर्षिय छोरी पूजा महरा र वार्ड ७ मा बस्दै आएकी बर्ष १९ की आरती कुमारी महरा मृत अवस्थामा फेला परेकी हुन् ।

प्रहरीले मृतकहरुको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएको छ भने शवको प्रकृति हेर्दा शँकास्पद देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट