२४ घण्टामा १५२ मा कोरोना संक्रमण, थप २ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  २४ भदौ २०७९

                            

२४ घण्टामा १५२ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार १८६ पीसीआर परीक्षणमा ११० र २ हजार १०८ एन्टीजेन परीक्षणमा ४२ जनामा संक्रमण देखिएको हो । 

२४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु र १३३ जना निको भएका छन् । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ४४८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट