अब घर जग्गाको कारोबार गर्न पनि लाइसेन्स लिनुपर्ने

डेटूडे खबर डेस्क
२४ भदौ २०७९
अब घर जग्गा दलाली गर्न पनि लाइसेन्स लिनुपर्ने भएको छ | सरकारले घर जग्गाको कारोबारमा इजाजतपत्र लिएर मात्र गर्न पाउने गरी व्यवस्था गर्न लागेको हो |
यसले स्वतन्त्र रुपमा गरिने बिचौलिया काममा पनि लाइसेन्सको व्यवस्था आउने भएको हो |शुक्रबार संसदमा दर्ता भएको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा मालपोत ऐनलार्ई संशोधन प्रस्ताव रहेको छ |
कहाँबाट कसरी लाइसेन्स लिने भन्नेबारे विधेयकमा ठोस कुरा उल्लेख गरिएको छैन। पछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर इजाजतको लिने प्रक्रिया निर्धारण गर्ने विधेयकमा लेखिएको छ।
इजाजतपत्र नलिइ कारोवार गरेमा दश लाखसम्म जरिवान हुनेछ | एकपटक लिएको इजाजतपत्र पाँच वर्षसम्मलाई कायम हुनेछ।